कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक शुक्रबार

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठन गरिएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिनुभयो ।

कांग्रेसले बैठकमा कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

https://ujyaalonepalnews.com/archives/18788

Previous articleवर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक
Next articleपार्टीले जनचाहनाअनुसार राजसंस्थाको विचार त्याग्यो : अध्यक्ष थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।