उज्यालो दर्पण- रत्ननगरमा आयोजित नगरस्तरीय हाजिरीजवाफ प्रतियोगतामा एकता शिशु निकेतन प्रथम भएको छ।शुभ शुभदिपावली २०८१ को अवासरामा रत्ननगर १५ का तीनवटा सामुदायिक विद्यालयहरुको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नगर भित्रका २८ विद्यालयको सहभागिता रहेको थियो ।

आधारभूत तहका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा प्यारागन आवासीय मावि र स्काईराईडर आवासीय मावि क्रमश: द्दितीय र तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा बैरिया माविले सान्तवना पुरस्कार हात पारेको छ ।

विन्देश्वरी आधारभूत विद्यालयमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तथा माधवपुर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष आशिक तमाङ, वडा सदस्य ईमप्रसाद पन्त, आधारभुत विद्यालय नमुनाटोलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कट्टेलको सभापतित्वमा भएको कार्यक्रममा तिनवटै विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक- अभिभावक संघका पदाधिकारी, प्रधानाध्यापक तथा शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।




