उज्यालो दर्पण- प्रहरीले रत्ननगरको बकुलहर अस्पतालबाट उपचारको क्रममा भागेका थुनुवालाई पक्राउ गरेको छ।
कालिका नगरपालिका वडा नं. २ घरभई ईलाका प्रहरी कार्यालय रत्ननगरको थुनामा रहेका २७ वर्षका किरण चौधरीलाई कालिका ३ स्थित थाङखोला सामुदायिक वनमा लुकिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।
लागूऔषध मुद्दामा चितवन जिल्ला अदालतबाट गत पौष २३ गते म्याद थप भई टाँडी प्रहरीको हिरासतमा रहेका उनि माघ ३ गते एक्कासी ज्वरो आई उपचारको लागी स्थानिय बकुलहर हस्पिटलमा भर्ना भएका थिए । सुरक्षार्थ खटिएका प्रहरीको आँखा छल्दै उनि सोहि दिन बेलुका ०८:३० बजेको समयमा फरार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

