Home चितवन सेरोफेरो चितवनको राप्तीमा घले समाजका दर्जनौं सदस्य रास्वपामा प्रवेश

चितवनको राप्तीमा घले समाजका दर्जनौं सदस्य रास्वपामा प्रवेश

0
18

राप्ती, राप्ती नगरपालिका–७ स्थित गुम्बामा आयोजित एक कार्यक्रममा सृजनशील घले समाज वीरेन्द्रनगरका अध्यक्षसहित पदाधिकारी, सदस्य र साधारण सदस्य गरी दर्जनौं व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

समाजका अध्यक्ष एलबी घलेको नेतृत्वमा पार्टी प्रवेश गर्नेहरूलाई रास्वपाका चितवन जिल्ला सभापति मिनी माधव खनाल, नेता दीपक गौतम, जगदीश शर्मा, प्रदीप श्रेष्ठ, मञ्जु खरेललगायतले खादा र पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै नेताहरूले समाजका प्रतिनिधिहरूको आगमनले रास्वपालाई स्थानीय स्तरमा थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

सृजनशील घले समाज वीरेन्द्रनगरमा करिब ३०० सदस्य आबद्ध रहेको जनाइएको छ।

Previous articleकालिकामा भूमि प्रशासन सेवा सुरु, पहिलो दिनमै ६ वटा लालपुर्जा वितरण
निराजन घिमिरे
निराजन घिमिरे चितवनमा बसेर सक्रिय सक्रिय पत्रकारिता गर्छन, जो स्थानीय मुद्दा, कृषि, विकास र सामाजिक गतिविधिलाई तथ्यपरक ढंगले उज्यालो नेपालमार्फत जनतासम्म पुर्‍याउन समर्पित छन्। उनि चितवनबाट प्रकाशित भईरहेको उज्यालो नेपाल न्युजका संचालक समेत हुन्।