उज्यालो दर्पण- रतननगर नगरपालिका वडा नं १५ ले वडाको सक्षम आमा समुहलाई वाधवादन सामग्री प्रदान गरेको छ । चालु आर्थिक बर्षको बजेटबाट वडाले सो समुहलाई स्पीकर,मादल, मजिरा, खैचडी, कर्ताल लगायतका सामाग्री वितरण गरेको हो ।
वडाले चालु आर्थिक वर्षमा वडाभित्र सक्रिय रहेका विभिन्न १० वटा संघसंस्था तथा समूहहरुलाई वाधवादन सामग्री र पोशाक वितरण गरेको छ । यसरी वडाबाट सहयोग पाउनेहरुमा अन्नपुर्ण भजन समूह, त्रिशक्ति नवदुर्गा भजन समूह, सरस्वती भजन समूह, गोरखकाली भजन समूह, शिवज्योति भजन समुह, सरस्वती आमा समूह, पञ्चज्योति आमा समूह, गणेश मन्दिर, देवी पाञ्चायन मन्दिर लगायत छन् ।
वडाध्यक्ष आसिक तमाङले संघसंस्थाहरुको मागको आधारमा सामाग्रीहरु वितरण गरिएको जानकारी दिए। कला संस्कृति र भेषभुषाको संरक्षणको लागी वडाकार्यालयले लगानी गरेको भन्दै उनले प्राप्त सामाग्रीको भरपुर र सुरक्षित उपयोग गर्न आग्रह गरे।
सो वडाले सुत्करी तथा गर्भवतीलाई कुखुराको भाले सहित पोष्टिक आहार वितरण, निशुल्क लोकसेवा तयारीकक्षा, आपाङ्गता भएकाहरुलाई अत्याधुनिक इलेक्टिक ह्विलचियर वितरण, राष्ट्रिय पोशाक वितरण र संस्कृति जगेर्नाको लागी वाधवादन सामग्री वितरण जस्ता लोकप्रिय र जनता संग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरु संचालन गर्दै आएको छ ।




