
काठमाडाैँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ औँ जन्मदिन मनाउँदै हुनुहुन्छ । ओलीले यस वर्ष तेह्रथुमममा रहेकाे आफ्नो जन्मघर पुगेर जन्मदिन मनाउन लाग्नु भएको छ । जन्मदिन मनाउनका लागि उहाँ आज आफ्ना बुबा र श्रीमतीसहित हेलिकाेप्टर मार्फत तेह्रथुम जानुहुने बताइएको छ । उहाँकै लागि केही समयअघि हेलिप्याड समेत बनाइसकिएकाे छ । […]


