काठमाडौं । पछिल्लो समय विश्व बजारमा सुनको मूल्य अकासिँदै गएको छ । अन्तर्राष्ट्रिय राजनीतिमा अनिश्चिता, खस्किँदो विश्व अर्थतन्त्र चीन र अमेरिकाबीचको व्यापार युद्ध तथा अमेरिका र इरानबीच द्वन्द्वलगायत विविधकारणले पछिल्लो समय सुनको मूल्य उकालो लाग्दै गएको । १५ वर्षमा प्रतितोला ६८ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका तथ्यांकअनुसार २०६१ सालमा सुन प्रतितोला १० हजार रुपैयाँ कारोबार भएको थियो । १५ वर्षअघि १० प्रतितोला रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
सेयर बजारमा जोखिम बढेपछि तुलनात्मक रूपमा सुरक्षित मानिएको सुनमा लगानी बढेकाले सुनको मूल्य निरन्तर बढ्दै गएको अर्थविद्हरूको भनाइ छ । अर्थविद्का अनुसार केही वर्षयता विश्वका लगानीकर्ताले उत्पादनमूलक क्षेत्रभन्दा सेयर बजारमा लगानी बढाए ।
वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले पछिल्लो समय विश्व बजारमा नै सुनको मूल्य बढ्दै गएको बताए । अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा समेत गरेको उनले बताए । वरिष्ठ अर्थविद् डा. अधिकारीले भने,
‘अन्तर्राष्ट्रिय राजनीति अनिश्चिता, विश्व अर्थतन्त्रको उतारचढाव, अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व, भारतको खस्किँदो अर्थतन्त्र, डरलको मूल्य वृद्धि पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइसरले समेत सुनको मूल्य उकालो लागेको हो ।’ विश्वको अस्थिर राजनीतिले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले
सुरक्षित
लगानी
खोजिरहेका
छन्
।
सुन
सुरक्षित
लगानी
भएकै
कारण
लगानीकर्ता
सुनमा
आकर्षित
भएका
छन्
।
माग
बढेपछि
सुनको
मूल्य
निरन्तर
उकालो
लाग्दै
गएको
हो
।
सेयरमा
लगानी
गर्ने
लगानी
कर्ता
सुन
खरिद
गरी
सञ्चय
गर्न
थालेका
छन्
।
त्यसकारणले
विश्वमा
नै
सुनको
आपूर्ति
कम
र
माग
बढ्दा
विश्व
बजारमा
नै
सुनको
मूल्य
अकासिदै
गएको
वरिष्ठ
अर्थविद्
अधिकारीको
भनाइ
छ
।
यसैगरी,
अर्का
अर्थविद्
डा.
दिल्लीराज
खनालले
विश्व
अर्थतन्त्रमा
भइरहेको
उतारचढाव,
राजनीतिक
अस्थिरता
चीन
र
अमेरिका
व्यापारी
द्वन्द्व
र
चीनमा
पछिल्लो
समय
फैलिएको
कोरोना
भाइसरले
सुनको
मूल्यमा
असर
परेको
बताए
।
विश्व राजनीतिले अन्य क्षेत्रमा लगानीको वातावरण सुरक्षित नहुँदा लगानी कर्ता सुरक्षित लगानीका लागि सुन लगानी गर्न थालेको उनको भनाइ छ । पछिल्लो समय विश्व बजारमा सुनको माग बढ्दै गएको हुँदा आपूर्ति गर्न नसक्दा सुनको मूल्य उकालो लाग्दै गएको अर्थविद् डा. खनालको भनाइ छ । खनालले अन्तर्राट्रिय राजनीतिमा बढ्दै राजनीति द्वन्द्वले सुनको मूल्य अझै बढ्न सक्ने बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका मोहनकुमार सुनारले पछिल्लो समय सुनको मूल्यमा चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणको असर सुनमा परेको बताए । उनले तुलनात्मक रूपमा सुन सुरक्षित लगानी मानिएकाले लगानी कर्ता सुनमा आकर्षित भएको पाइएको बताए । सुनको मूल्य अकासिएपछि सुनको कारोबार घटेको उनले बताए । अहिले सुनको कारोबार हुने सिजन भए पनि सुनमा व्यापार ठप्पजस्तै भएको सुन व्यवसायी बताउँछन् ।
महासंघको तथ्यांकअनुसार यही साता तीनपटक सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ७७ हजार १ यस रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर ७७ हजार ६ सय रुपैयाँमा करोबार भयो । शुक्रबार प्रतितोला ५ रुपैयाँ बढेर ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
The post सुनको मूल्य अकासियो , १५ वर्षमा प्रतितोला ६८ हजारले बढ्यो appeared first on Rajdhani Daily News.


