बालिमा मल र विषादी छर्न ‘ड्रोन’ को प्रयोग गरिने

दाङमा मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ।

प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याएको हो।

दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा ड्रोन प्रदर्शनमा राखिएको छ।

आधुनिक शैलीबाट खेती गर्न ड्रोन भित्र्याएको प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिए।

‘हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ। अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ,’ उनले भने, ‘यसले किसानलाई धेरै सहजता हुनेछ।’

ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पु¥याउने मन्त्रालयले योजना बनाएको उनले बताए। एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ।

मनाङको जितमा अञ्जन नायक

Previous articleसुनको मूल्य अकासियो , १५ वर्षमा प्रतितोला ६८ हजारले बढ्यो
Next articleकुखुरा फार्ममा आगलागी हुँदा १० लाखकाे क्षति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।