
श्रीलंका भ्रमणमा रहेकी चिनियाँ नागरिक कोभिद–१९ बाट एक महिना अगाडि संक्रमित भएर अस्पताल भर्ना भएकी थिइन्।
गतहप्ताको बुधबार उपचारपछि पूर्ण स्वस्थ भएकी उनी अस्पतालबाट डिस्चार्ज भएको सिन्ह्वाले जनाएको छ।
नाम नखुलाइएकी उनी बुधबार नै चीन फर्किएकी थिइन्।
अस्पतालबाट विदा हुने बेला चिनियाँ महिलाले भावुक हुँदै अस्पतालका कर्मचारीहरुलाई धन्यवाद भनेकी थिइन्।

उनको विदाईमा श्रीलंकाको स्वास्थ्यमन्त्री पवित्रा वान्नियाराचची पनि अस्पताल पुगेकी थिइन्। सो क्रममा पवित्राले भनेकी थिइन्,‘यो खुशीको खबर हो श्रीलंकामा कोही मानिस कोरोनाबाट संक्रमित छैनन्। यहाँको स्वास्थ्यमन्त्री भएको हिसाबले विदेशी पर्यटकको उपचार सफल भएको मा म अत्यन्त खुशी छु।’
विदाइको समयमा पवित्राले चिनियाँ पर्यटकलाई चुम्बन गरेकी थिइन्। चिनियाँ महिलाले श्रीलंकाको सद्भाव देखेर आफू निकै प्रभावित भएको बताएकी थिइन्।
आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ।

मृतकको संख्या २ हजार ४६१ जनाको मृत्यु भइसकेको छ।
चीनमा मात्र २ हजार चारसय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन्।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म २३ हजा ९२ जना कोरोनाबाट संक्रमित उपचारपछि स्वस्थ बनिसकेका छन्।



