ठूलालाई चैन, सानालाई ऐन भन्ने उखान त्यसै बनेको होइन : परराष्ट्रमन्त्री

११ फागुन, बार्सिलोना । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार र आइतबार बार्सिलोनाको भ्रमण गरे । यसक्रममा आइतबार गैरवासीय नेपालीसँगको एक अन्तरक्रियामा सहभागी हुँदै मन्त्री ज्ञवालीले देशमा सकारात्मक परिवर्तन र विकासका कामहरु भइरहेको बताउँदै अत्यधिक नकारात्मक नबनिदिन आग्रह गरे ।

‘हामीले अहिले कानुनको शासन कडाइका साथ लागू गर्न खोजेका छौं । पहिले मान्छेले भ्रष्टाचार गर्थे, कारबाही हुँदैनथ्यो । कानून हातमा लिन्थे, कारबाही हुँदैनथ्यो,’ मन्त्री ज्ञवालीले भने, ‘ठूलालाई चैन, सानालाई ऐन भन्ने उखान त्यसै बनेको होइन नि ।’

स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासँगै कार्यक्रममा अतिथि बनेका मन्त्री ज्ञवालीले भने, ‘अहिले तपाईंले हुर्नेभयो भने ठूला-ठूला मान्छेहरु, माननीयहरु, मन्त्रीहरु, सांसदहरु, न्यायाधीशहरु, ठूला व्यापारीहरु एकपछि अर्को गर्दै कारबाहीको दायरामा पर्न थालेका छन् ।’

मन्त्री ज्ञवालीले थपे, ‘०५२ सालदेखि लफडा भएको रहेछ नि ललितानिवासको जग्गा, कतिजनाले त्यहाँबाट लाभ लिएका रहेछन् । माटोमुनि गए पनि छोड्दैनौं भनेजस्तो उधिनेर आज कारबाहीको प्रक्रियामा ल्याइएको छ । मानिसहरुलाई विश्वास जागेको छ,गल्ती गरेपछि कसैलाई पनि छाडिँदैन ।’

मन्त्री ज्ञवाली जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन शनिबार युरोप आएका हुन् । बैठक मंगलबारदेखि सुरु हुने भए पनि २ दिनअघि नै उनी स्विट्जरल्याण्ड पुगेर स्पेन आए ।

मन्त्री ज्ञवालीको स्वागतका लागि म्याड्रिडदेखि शुक्रबार नै राजदूत दावाफुटी शेर्पा पनि बार्सिलोना आइपुगेकी हुन् ।

आइतबार मन्त्री ज्ञवालीसँग एनआरएनए स्पेनले आयोजजना गरेको अन्तरक्रियामा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तको पनि उपस्थिति थियो ।

गौतमलाई लागेको ‘ब्रेक’ खुस्काउन शीर्ष नेतालाई सकस

Previous articleकेही बर्षपछि हामी देशलाई धनि बनाउछौं : प्रधानमन्त्री
Next articleचार खेलसम्म गोल गर्न नसकेका मेस्सीले एकै खेलमा चार गोल गरे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।