बामदेव प्रधानमन्त्रीको सम्भावित उम्मेद्वार ! संविधान संसोधनका लागि कमिटी

0
46

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी गठन गरेको छ ।

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो । उक्त कमिटीमा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेका छन् ।

उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने हो भने पहिले राष्ट्रिय सभा सदस्य पनि प्रतिनिधिसभा सदस्य जस्तै प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग राखेका थिए ।

गौतमकै माग सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्न गृहकार्यका लागि कमिटी गठन गर्ने प्रस्ताव राखेका हुन् । अहिलेको संविधानमा राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने व्यवस्था छ ।

प्रतिनिधी सभा निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट उम्मेदवार बनेका गौतम नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसंग ७५८ मतले पराजित भएका थिए ।

निर्वाचनमा हार बेहेरेपछि गौतमलाई डोल्पावाट उम्मेदवार बनाउने योजना नेकपाले बनाएको थियो । डोल्पाली जनताले चासो नदेखाएपछि कास्की र काठमाडौंवाटै निर्वाचन मार्फत उनलाई उम्मेदवार बनाउने प्रयाश भएको थियो । काठमाडौका सांसद रामबीर मानन्धरले गौतमका लागि ठाउँ छोड्दै सांसद पदवाट पार्टीमा राजीनामा समेत दिएका थिए ।

The post बामदेव प्रधानमन्त्रीको सम्भावित उम्मेद्वार ! संविधान संसोधनका लागि कमिटी appeared first on Rajdhani Daily News.

विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

Previous articleनेप्से ६९.५६ अंकले बढ्यो, साढे तीन अर्वको कारोबार
Next articleनवजागृति खप्तड गोल्डकपको क्वाटरफाइनलमा