
अमेरिकामा पनि हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ। बुधबारको तथ्यांकअनुसार अमेरिकामा एक हजार १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ ३१ जनाको मृत्यु भइसकेको छ।
अमेरिका कोरोनाबाट प्रभावित हुन थालेपछि अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हात नमिलाउन र अंकमाल नगर्न सुझाव दिएको थियो।
केन्द्रले तत्कालका लागि अमेरिकामा हात मिलाउने र अंकमाल गर्ने कार्यलाई रोक्न सुझाव दिएको थियो।
राष्ट्रपतिको कार्यालयका चिकित्सकहरुले पनि ट्रम्पलाई कोरोनाबारे बच्ने उपाय सिकाइरहेका छन्।
तर ट्रम्पले चिकित्सकहरुको सुझावलाई मानेको देखिएको छैन। ट्रम्प हालै फ्लोरिडा राज्यमा पुगेका थिए। उनले त्यहाँ पनि आफ्ना समर्थकहरुसँग हात मिलाए, अंकमाल गरे।
अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सले आफूहरुले हात मिलाउन नछाड्ने बताउने गरेको सीएनएनले जनाएको छ।
एक कार्यक्रममा माइक पेन्सले भनेका थिए,‘राष्ट्रपति ट्रम्प र मैले हात मिलाउन चाहनेसँग हात मिलाउन छाड्ने छैनौं।’
गत सोमबार ट्रम्प ओर्लान्डो र फ्लोरिडा पुगेका थिए। त्यसबेला ट्रम्प आफैं समर्थकसँग हात पुगेको बताइएको छ।
समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह


