ओलीले काटे यति समुहले हेलिकप्टरमा लगिदिएको नेपालको नक्सा अंकित केक, सामाजिक सञ्जालमा बदनाम

काठमाडौं– जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओली थप बदनाम बनेका छन्। उनका प्रिय पात्र गोकुल बास्कोटा घुस प्रकरणमा मुछिएर बदनाम बनेका ओलीले जन्मदिनमा नेपालको नक्सा अंकित केक काटेर थप बदनाम हुन पुगेका हुन्। कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका थिए। उनले पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटेका थिए भने करिब ६ हजारलाई भोज खुवाएका थिए ।

प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । उनकै हेलिकोप्टरमा नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा पनि जन्मोत्सव कार्यक्रममा पुगे । नेपालको नक्सा अंकित केक काटेको भन्दै अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेकोछ।

मोटरसाइकल दाइजो दिन नसकेपछि विहे रोकियो

Previous articleउपत्यकामा आज बिहान भएका सवारी दुर्घटनामा तीनको मृत्यु
Next articleराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ग्याल्पो ल्होसारको सुभकामना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।