पृथ्वी गोलो नभएको प्रमाणित गर्न अन्तरिक्ष जान खोज्दा मृत्यु

Click Image

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियाको मरुभूमिमा आफैंले बनाएको रकेटमा अन्तरिक्ष जान खोजेका एक अमेरिकीको मृत्यु भएको छ । पागल उपनाम राखेका ६४ वर्षीय माइक ह्यूजको वाष्पशक्तिबाट चल्ने रकेटमा अन्तरिक्ष जान खोज्दा दुर्घटनामा निधन भएको हो ।

सामाजिक सञ्जालमा उपलब्ध भिडिओमा एउटा रकेट आकाशमा उडेको र केहीबेरमै नजिकै जमिनमा खसेको देखिन्छ । ह्यूज पृथ्वी गोलो नभई सम्म भएको प्रमाणित गर्न अन्तरिक्षमा जान चाहेका थिए । यूएस साइन्स टीभी च्यानलमा देखाइने होममेड एस्ट्रोनौट्स कार्यक्रमका लागि उनको सो प्रयास पुरै खिचिएको बताइएको छ ।

आफ्ना साथी वाल्डो स्टेक्सको सहयोगमा उनी वाष्पशक्तिले चल्ने रकेटमा पृथ्वीबाट ५ हजार फिटमाथि जान चाहेका थिए । भिडिओमा प्रक्षेपणको केही सेकेन्डमै रकेटको पछाडि प्यारासुट देखिन्छ । एउटा ट्वीटमा साइन्स च्यालनले ह्यूजको आफ्नो सपना पूरा गर्ने क्रममा निधन भएको बताएको छ ।

सान बेर्नार्डीनो काउन्टीका प्रहरी कार्यालयले सो घटनाबारे आफूलाई दिउँसो दुई बजेतिर जानकारी दिइएको जनाएको छ । कार्यालयले खुला मरुभूमिमा रकेट खसेपछि एकजना व्यक्तिको मृत्यु भएको बताएको छ । ह्यूज र उनका सहयोगीले १८ हजार अमेरिकी डलर खर्च गरेर घरमै रकेट बनाएको बताइएको छ ।

ह्यूज पृथ्वी समतल भएको प्रमाणित गर्ने दाबी गरेर चर्चित भएका थिए । गत मार्चमा उनी रकेटबाट १ हजार ८७० फिटमाथि पुगेका थिए । जहाँबाट प्यारासुटमार्फत उनी फर्केका थिए । उनले सन् २००२ मा कार उडाएर १०३ फिटको दूरी पार गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका थिए ।

The post पृथ्वी गोलो नभएको प्रमाणित गर्न अन्तरिक्ष जान खोज्दा मृत्यु appeared first on Rajdhani Daily News.

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

Previous articleकम्बोडियामा १०१ र ९८ वर्षका दिदीबहिनीको ४७ वर्षपछि भेट
Next articleसुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता : गृहमन्त्री थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।