बर्दिया । लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका ७ का २९ वर्षीय मानबहादुर ठाकुर रहेका छन् । प्रहरीले उनीबाट सेतो प्लाष्टिकमा बेरेर राखेको ९ पुरिया र कागजमा बेरेर राखेको ९ पुरिया गरी जम्म १८ पुरिया (करिव साढे ७ ग्राम ) ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरको प्रहरी टोलीले आइतबार राती करिव साढे ९ बजे गुलरिया– नेपालगंज सडकखण्डको शितलाबजारबाट ठाकुरलाई ब्राउनसुगरसहित प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राती शंकास्पदरुपमा हिडिरहेको अवस्थामा फेला परेका ठाकुरलाई रोकी उनको शरीर खानतलसी गर्दा पाइन्टको गोजीमा लुकाइ राखेको अवस्थामा ब्राउनसुगर फेला परेको प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिए । पक्राउ परेका ठाकुरउपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
The post बर्दियामा ब्राउनसुगरसहित एक युवक पक्राउ appeared first on Rajdhani Daily News.


