हामी उत्कृष्ट हतियार बनाएर भारतलाई बेच्छौंः ट्रम्प

अहमदाबादको मोटेरा स्टेडियममा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा बोल्दै ट्रम्पले सोमबार भारतलाई विश्वमै शक्तिशाली मानिएको हतियार बेच्ने बताए।

ट्रम्पले भारतीय सेनासँग संयुक्त सैन्य अभ्यास दोहोर्याउँदै गरिने बताउँदै अमेरिकाले भारतलाई रक्षा उपकरण दिने बताएका थिए।

ट्रम्पले भने,‘हामी उत्कृष्ट हतियार बनाउँछौ र भारतलाई बेच्छौं।’

संयुक्त सैन्य अभ्यासले भारतीय सेना थप मजबुत हुने बताउँदै ट्रम्पले भारत र अमेरिकाले आतंकवादसँग मिलेर लड्ने बताए।

ट्रम्पले अमेरिकाले भारतलाई ३ अर्ब अमेरिकी डलरको अत्याधुनिक हेलिकप्टर बेच्ने विषयमा हस्ताक्षर हुने बताए।

मुगुको रारा चाल्चा विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा

Previous articleकञ्चनपुरमा अढाई लाख रुपैयाँका कुखुरा नष्ट
Next articleसहकर्मीलाई बलात्कार गर्ने पूर्व असई पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।