मौनाबुधुकलाई चौबिसे रनिङ कप फुटबलको उपाधि

धनकुटा । चौबिसे गाउँपालिका वडा नं.७ मौनाबुधुकले प्रथम चौबिसे रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा वडा नं. ६ राजारानीलाई ०–१ गोल अन्तरले पराजित गर्दै मौनाबुधुकले उपाधिमाथि कब्जा जमाएको हो ।

निक्कै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मौनाबुधुकका १२ नम्बर जर्सीका खेलाडी युगेन लिम्बूले गरेको एकमात्र गोल नै उपाधिका लागि निर्णायक बन्यो । उपाधिसँगै मौनाबुधुकले नगद ५० हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्र पाएको छ भने उपविजेता राजारानीले नगद ३० हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्रमा चित्त बुझाएको छ ।

त्यस्तै वडा नं. ८ बसन्तटारलाई ट्राइबेकरमा २–४ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको वडा नं. ३ कुरुलेतेनुपाले नगद १५ हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्र पाएको छ । विजेताहरुलाई प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पुरस्कार वितरण गरेकी थिईन् । सो अवसरमा बोल्दै मन्त्री गजमेरले यस्ता खेलकुद प्रतियोगिताले गाउँका कुना–कुनामा रहेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहयोग पुग्ने बताईन् ।

विभिन्न ठाउँमा मेयर कप, अध्यक्ष कप जस्ता नाम दिएर प्रतियोगिता गर्ने चलन रहेपनि सबैको अपनत्व हुने गरी गाउँपालिकाको नाममा प्रतियोगिता गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । यस वर्ष पुरस्कार राशी थोरै भएपनि आगामी बर्षमा बृद्धि गरिने गाउँपालिकाका उपाध्यक्ष एवम् खेलकुद विकास समिति अध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिईन् ।

The post मौनाबुधुकलाई चौबिसे रनिङ कप फुटबलको उपाधि appeared first on Rajdhani Daily News.

भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा

Previous articleफेवातालमा तीन जना सवार डुंगा पल्टिँदा एक वेपत्ता
Next articleराज्यमन्त्री डिम्पल झाको राजीनामा फिर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।