भियतनामका सबै १६ कोरोना संक्रमित उपचारपछि स्वस्थ

१५ जना घर फर्किएको र एक जनालाई भने अझै निगरानीमा राखिएको मंगलबार स्वास्थ्य मन्त्रालयले बताएको छ।

गत फेब्रुअरी १३ मा भियतनाममा कोरोनाबाट संक्रमितको संख्या १६ पुगेको थियो।

भियतनाममा कोरोनाको संक्रमण भएको आशंकामा १२ सय जनालाई स्वास्थ्य निगरानीमा राखिएको थियो। उनीहरु सबै कोरोना मुक्त भएको बताइएको छ।

यसैबीच चीनमा कोरोनाबाट संक्रमित हालसम्म २७ हजार ३२३ जना व्यक्तिहरु उपचारपछि पूर्ण स्वस्थ बनेको चीनको राष्ट्रिय स्वस्थ्य आयोगले मंगलबार बताएको छ।

सोमबारसम्मको तथ्यांक सार्वजनिक गर्दै आयोगले मंगलबार उक्त जानकारी दिएको हो।

सोमबार मात्र चीनमा २ हजार ५ सय ८९ जना उपचारपछि अस्पतालबाट घर फर्किएको स्वास्थ्य आयोगलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ।

चिनियाँ अधिकारीहरुले कोरोनाविरुद्धको उपचारले पहिलेभन्दा राम्रो परिणाम दिइरहेको बताएका छन्।

मंगलबार बिहानसम्मको विश्व तथ्यांकअनुसार हाल कोरोनाबाट संक्रमितको संख्या ८० हजारभन्दा बढी पुगेको छ। मृतकको संख्या २ हजार ६९८ पुगेको छ।

चीनमा मात्र ७७ हजार ६५८ जना कोरोनाबाट संक्रमित छन् त्यहाँ मृतकको संख्या २ हजार ६६३ पुगेको छ। एजेन्सी

आज २०७६ साल चैत १० गते सोमबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)

Previous articleबाह्रौँ राष्ट्रपति रनिङ शिल्ड फागुन २४ मा
Next article‘संविधानले प्रदान गरेको अधिकार समेत सबै तहले नपाउँदा संघीयता कार्यान्वयनमा समस्या’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।