बाह्रबिसे बजारको निषेधाज्ञा हट्यो

0
71

स्थानीय प्रशासनले सिन्धुपाल्चोकको बाह्रबिसे बजार क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।

जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच आइतबार राति भएको छलफलमा घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएपछि निषेधाज्ञा हटाइएको हो।

समितिले एक हप्ताभित्र तयार पार्ने प्रतिवेदनका आधारमा थप कदम चाल्ने सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए।

कफ्यु अटाएपछि आज बिहानैदेखि बाह्रबिसे बजारको अवस्था सामान्य बनेको छ।

समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म घरटहरा भत्काउने काम रोकिएको छ।

नगरपालिकाले सडक क्षेत्रको अतिक्रमण हटाउन थालेपछि स्थानीयले बिरोध जनाएका थिए। झडपको अबस्था सिर्जना भएपछि बजार क्षेत्रमा आइतबार निषेधाज्ञा जारी गरिएको थियो।

सबै परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण : सञ्चारमन्त्री कार्की

Previous articleसापकोटालाई सभामुख उम्मेद्वार बनाउने नेकपाको निर्णय
Next articleपार्टीभित्र समीकरण नै उल्टिने देखेपछि प्रचण्डकाे प्रस्तावमा सहमत भए ओली