
इटलीमा कोरोना भाइरसको प्रकोप फैलिनुको दोष त्यहाँका प्रधानमन्त्रीले एउटा अस्पताललाई दिएका छन्।

उत्तरी इटलीको एउटा अस्पतालमा पहिलो पटक एक जना कोरोना संक्रमित भर्ना भएका थिए।
सोमबार साँझ पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री जुजेपे कोन्तेले सो अस्पतालको व्यवस्थापन सही तरिकाले नभएको बताए।
‘अस्पतालको व्यवस्थापन तोकिएको प्रोटोकलअनुसार भएको छैन,’ उनले भने, ‘यसले निश्चय नै भाइरस फैल्याउन सहयोग गरेको छ।’ यद्यपि कोन्टेले अस्पताल र सहरको नाम उल्लेख गरेनन्।
इटलीमा हालसम्म कोरोनाबाट ७ जनाको ज्यान गएको छ भने २ सय २९ जना संक्रमित भएका छन्। उत्तरी इटलीका करिब एक लाख मानिसलाई अहिले हिँडडुलमा प्रतिबन्ध लगाइएको छ।
तर, अहिलेसम्म इटलीले सबैभन्दा पहिले संक्रमित बिरामी नै पहिचान गर्न सकेको छैन। एजेन्सी


