Home Uncategorized आज वि.सं.२०७७ साल वैसाख ०८ गते सोमबार, आजको तपाइको दिन कस्तो छ?...

आज वि.सं.२०७७ साल वैसाख ०८ गते सोमबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)

वि.सं.२०७७ साल वैशाख ०८ गते । सोमबार । ईश्वी सन् २०२० अप्रिल २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– त्रयोदशी,५५ घडी ०० पला,रातको ०३ बजेर ३६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– पूर्वाभाद्रपदा, ०६ घडी ४२ पला,बिहान ०८ बजेर १७ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– ऐन्द्र,३९ घडी १९ पला,बेलुकी ०९ बजेर २० मिनेट उप्रान्त वैधृति ।

करण– गर,दिउसो ०२ बजेर ३६ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ३६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी १२ पला । पञ्चक। सोमप्रदोष व्रत। छन्द दिवस।


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामान्य स्वास्थ्य समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ । खानपान तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरि आम्दानीका स्रोत बढाउन सकिनेछ । तरपनि सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबीच विश्वास बढेर जानेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दि आउनेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विपरित लिंग प्रतिको आकर्षण बढेर जानेछ भने विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रशंगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ हुनेछ । पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घरमै वसेर अध्ययन गर्नाले पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाइको नाम अग्र स्थानमा आउनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावलि पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाइको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवनसाथीले तपाईको काममा सहयोग गर्ने हुँदा समयमानै काम सकाउन सकिनेछ । खानपानमा तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्तका साथ घरमै जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । उद्योग तथा व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउनेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । धन तथा भौतिक सम्पति राम्रोसँग परिचालन गर्नुहोला । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । वाहिरी वातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कलात्मक तथा रचनात्मक काम सुरु गरि भविष्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागि समय फलदायि रहेकोछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । विद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी गणेश काफ्ले ।

जादाजादै मेयर वनले भने : नगरको विकासमा सधै क्रियाशिल हुन्छु

Previous articleपादबाट पनि फैलिन सक्छ ‘कोरोना’ ?
Next articleलकडाउनमा झाडी भित्र बोरामा मानिसको श’व आखिर कस्ले गर्यो यी पुरुषको ह*त्या (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।