इरानी उपस्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस संक्रमण

तेहरान । इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उपस्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

इस्लामिक गणतन्त्र इरानमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, ‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर संक्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उपस्वास्थ्य मन्त्री हरिर्चीको कोरोनाभाइरस संक्रमण परीक्षण भएको र परीक्षणमा संक्रमण पुष्टि भएको छ ।’

वाहबजादेहका अनुसार उपस्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खोकेका थिए भने पसीना बगाएको देख्न सकिन्थ्यो । लक्षणका आधारमा उनलाई अस्पताल पु¥याइएको थियो । जहाँ उनलाई भर्ना गरी उपचार सुरू भएको छ ।

The post इरानी उपस्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस संक्रमण appeared first on Rajdhani Daily News.

एउटै गोत्र अथवा सहगोत्रीसँग किन विवाह गर्नु हुँदैन ?

Previous articleदैलेखमा २ सय ५४ हेक्टर वनको जग्गा अतिक्रमण
Next articleदिल्ली हिंसाका मृतकः २२ वर्षे रिक्सा चालक, ६ सन्तानका बुबा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।