दिल्ली हिंसाका मृतकः २२ वर्षे रिक्सा चालक, ६ सन्तानका बुबा

चार महिनाअघि मात्रै २० वर्षिया साजिया साहिदसँग बिहे गरेर दिल्ली आएकी थिएन।

अहिले दुई महिनाकी गर्भवती साजिया आफ्ना पतिको शव कुरिरहेकी छिन्। दिल्लीमा हिंसा भड्किदा मृत्युको मुखमा पुर्याइएका मध्ये एक हुन, शाहिद।

यी २२ वर्षीय अटो रिक्सा ड्राइभरको पेटमा सोमबार दिउँसो साढे ३ बजे गोली हानिएको थियो।

‘उनी सधैँ दिउँसोको खानाका लागि आउँथे र मैले खाए कि खाएन निश्चित गर्थे। ‘बच्चा भोकै छ, खाना खाउ साजिया’ उनी भन्ने गर्थे,’ बोली फुट्न गाह्रो भएकी साजियाले निकै गाह्रो स्वरमा भनिन् ‘तर, हिजो उनी आएनन्। उनमाथि गोली प्रहार भएको समाचार आयो।’

उनी एउटा हरियो घरलाई एकनासले हेरेर टोलाई रहन्छिन। जुन शाहिदले आइतबारमात्रै उनका लागि किनिदिएका थिए। अर्थात, मृत्युको एकदिन अघिमात्रै।

त्यसै घरलाई हेर्दै चिच्चाउने गर्छिन्, ‘अब म के गरुँ? यो बच्चाको अब के गरुँ?’

श्रीमानको मृत्युको खबर सुनेपछि साजियाले कुनै कुरा पनि मुखमा हालेकी छैनन्। ‘उनको शव नहेरेसम्म म केही खाँदिन। यी डाक्टरहरुले मलाई उनको शव हेर्न दिएका छैनन्। के मलाई उनको शव हेर्ने अधिकार छैन?’ उनी प्रश्न गर्छिन।

साजियालाई सोमबारबाट भएको हिंसामा परि घाइते भएका अधिकांशलाई ल्याइएको गुरु टेग बहादुर अस्पतालबाट सिमापुरमा रहेको उनका आफन्तको घरमा फिर्ता ल्याइएको छ। साहिदको शव भने त्यही अस्पतालमा छ।

साजियाकी बहिनी नसरिनका अनुसार अस्पतालबाट फर्कदा देवर इर्फानले बुर्का हटाउन भनेका थिए। ताकि कसैले उनीहरु मुस्लिम हुन भनेर नचिनुन्।

‘घरमा हामी संस्कृति अनुसार आफ्ना ठूला दाईले अनुहार हेर्दैनौं तर आज यसैका कारण हामीले त्यो पनि गर्नुपर्यो,’ नसरिनले थपिन्।

शाहिदका परिवारका अनुसारसाढे ३ बजे भजनपुरा दग्राह क्षेत्रमा अटो रिक्सा चलाइरहेका बेला उनको पेटमा गोली हानिएको थियो।

१०० फोन कल, तर कसैले पनि शव अस्पताल पुर्याएन
हिंसामा चलेको गोलीबाट ढलेपछि मुबारक हुसैनको रगत लतपतिएको शव बाबरपुरास्थित विजय पार्क कोलनीको सडकमा वेवारिसे थियो।

प्रत्यक्षदर्शीका अनुसार मंगलबार दिउसो १.४० बजे छातीमा गोली लागेपछि २८ वर्षिय हुसैनलाई त्यही ढलेका थिए। ‘हामीले पुलिसलाई कम्तीमा १०० पटक फोन गरौं होला। तर, पुलिस त परौं जाओस एम्बुलेन्स पनि आएन,’ मुबारकका १८ वर्षे भाई सादाकातले भने।

दिउँसो ३.३० बजेसम्म पनि मुबारकको शव लिन न एम्बुलेन्स आएको थियो न त्यहाँ कोही पुलिस नै थिए।

बिहारको दरभंगाका मुबारक विगत १० वर्षदेखि दिल्लीमा लेबर काम गरेर परिवार पालिरहेका थिए।

एक प्रत्यक्षदर्शी निम खानका अनुसार एक कालो जकेट लगाएका मान्छे रोडमा आए र गोली चलाए। त्यही गोलीबाट मुबारकको प्राण पनि लियो। ‘पुलिस त्यही थिए र त्यो सबै हेरिरहेका थिए’ उनले थपे।

दिनभर मृतकका आफन्तहरु अस्पताल कुरेका थिए। तर अस्पतालले भने अझै उनीहरुका आफन्तलाई शव दिएको छैन। ‘पुलिसले जब पाउने हो पाइहालिन्छ भने झर्किन्छन्’ सोमबार नै गोलीबाट मारिएका अर्का नाजिम खानका भाई मुद्दासिर खानले भने।

३५ वर्षे मृतक नाजिमका ६ सन्तान र एक श्रीमति थिइन। के नाजिम विगत दुई महिनादेखि जारी नागरिकता ऐन संशोधनको विरोध आन्दोलनमा सहभागि थिए त?

भाई मुद्दासिर भन्छन्, ‘उनको कवाडीको काम थियो। दैनिक नकमाई खान पुग्दैनथ्यो। कहिलै त्यति पैसा थिएन कि कुनै प्रदर्शनमा भाग लेओस। उनी त खानेकुरा लिन गएका थिए।’

दिल्ली हिंसामा दुबै हिन्दु र मुस्लिम समुदायका मान्छेहरुलाई गोली लागेको छ। अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने एक सय ५० भन्दा बढि घाइते छन्। हिंसाले मृत्यु हुनेमा एक प्रहरी पनि छन्।

‘यस बेला को मरेका छन् अनि कसले मारेका छन् भन्न सकिदैँन। नेताहरु आए, भाषण दिएर गए, अहिले हिन्दु–मुस्लिम भिडिरहेका छन्’ घाइतेहरुलाई आफ्नो मोटरसाइकलमा राखेर अस्पताल पुर्याएका सन्नी सिंहले भने।

पीडीतका परिवारले पूर्व दिल्लीका सांसद तथा वीजेपीका नेता कपिल मिश्रलाई यस घटनाको जिम्मेवार ठहराउँछन्। आइतबार एक भिडियो टुविट गर्दै उनले दिल्ली पुलिसलाई जार्फावाद र चादवागबाट नागरिकता संशोधन कानुनविरुद्ध आन्दोलनरतलाई हटाउन तीन दिने अल्टिमेट दिएका थिए।

अर्का मृतक मोहम्मद फुरक्वानका भाई फोक्वुल अहमद भन्छन्, ‘हामी एकदमै शान्तिपूर्ण प्रदर्शन गरिरहको थियौं। तर कपिल मिश्रको उक्त मन्तव्यपछि स्थिति नियन्त्रण बाहिर गयो।’ – द प्रिन्टबाट

ज्ञानेन्द्र शाहीको समर्थनमा रविको आवाज: महामारीका बेला भोकालाई खाना खुवाउनेलाई धन्यवाद दिने हो, सजाय दिने होइन

Previous articleइरानी उपस्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस संक्रमण
Next articleनेपोलीको मैदानमा बार्सिलोना बराबरीमा राेकियाे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।