पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस।

मेषः– काम गर्ने वाताबरण अझै बन्ने देखिन्न । अनावस्यक तनाव बढाउने खालका समस्या झेल्नु पर्ला । सुख शान्तिमा कमि आउनेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल पाईने छैन । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । लगानीका मार्ग प्रशस्त नगर्नु होला ।

वृषः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । ढिला नगरि समयको सदुपयोग गर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । जीवन साथीबाट सामान्य सहयोग मिल्नेछ । काममा ढिला सुस्ति गर्नु भयो भने सोचे जस्तो उपलब्धि हासिल हुने छैन । हेलचक्र्याई कुनै कुरामा नगर्नु होला ।

मिथुनः–समयको गति सगै काममा सुधार आउनेछ । नयाँ जोश,नयाँ काम,नयाँ विचार आजको प्राथमिकता रहनेछ । मुद्धा जीत हुनेछ विवादको अन्त्य हुनेछ । आयत निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । पारिवारिक भेटघाट बढ्नेछ । लेनदेन कारोवार गर्दा भने सोच विचार गर्नु होला । इष्टमित्रको भर परेर काम नगर्नु होला ।

कर्कटः– भक्तिभाव बाट मात्र कुनै काम हुने छैनन । सहज रुपमा कहि कतै केहि हुने छैन । उपलब्धिका काममा चासो कम हुनेछ । मनोरञ्जनात्मक खर्च बढ्नेछ । साथी भाईसँग भेटघाट हुनेछ । पठन पाठनमा कम ध्यान जानेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । अरुको भरमा काम नगर्नु होला विग्रिने अवस्था रहनेछ ।

सिंहः– समय त्यति अनुकुल देखिन्न । हेलचक्र्याई नगरि काम गर्नु होला । घर परिवारका समस्यमा सँग धेरै खेल्नु पर्नेछ । व्यापार व्यवसायबाट आम्दानीको तुलनामा खर्च बढि हुनेछ । इष्टमित्र साथी भाईका कुरा ठीकै ठीकै हुनेछन् । पढाई लेखाई र सन्तानको बारेमा बढि चिन्ता हुनेछ । जोखिम मोलेर यात्रा नगर्नु होला ।

कन्याः– समग्रमा दिन अनुकुल देखिन्छ ढिला सुस्ति नगरि समयको सदुपयोग गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । आफन्त बाट पनि सहयोग पाईनेछ । आत्मविश्वास,आत्मबलमा कुनै कमि आउने छैन । धन संचितीमा वृद्धि हुनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । विरोधी आफै कमजोर बन्ने छन् ।

तुलाः– समय विस्तारै अनुकुल बन्दै आउनेछ । कुरा भन्दा काममा जोड दिनु होला । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । साथी भाई इष्टमित्रबाट सहयोग अल्प मिल्नेछ । प्रयत्न बाट नै सफलताको यात्रा अगाडि बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन सोचे जस्तो हुने छैन । काममा साना तिना समस्या आईरहने छन् ।

वृश्चिकः– समयमा गरेका काम सफल हुनेछन् । आफुमा भएको उर्जाको सदुपयोग गर्नु होला । विचारमा परिवर्तन आउनेछ । आर्थिक उपलब्धिका काम कम हुनेछन् । संचित धन नचलाउनु होला । आफन्तबाट कुराको सहयोग मात्र हुनेछ,कामको सहयोग खासै हुने छैन । अल्छि नगरिकन काम गर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला ।

धनुः–पुरै दिन अनुकुल छैन भन्दा बढि हुने छैन । मनोरञ्जन तथा स्वागत सत्कारमा बढि धन खर्च हुनेछ । सहयोगी हात भेटिने छैन । काम गर्दा अन्योलता बढ्नेछ । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट नाफ भन्दा घाटा बढि हुनसक्छ । भावना वुझि दिने कोहि हुनेछैन ।

मकरः– समयमा गरेका कामबाट उचित फल मिल्नेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । थोरै प्रयत्न गर्नु भयो भने बक्यौता रकम उठ्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पढाई लेखाईमा प्रगति हुनेछ । शैक्षिक र वैदेशिक मार्ग बढि सफल देखिन्छन । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार,व्यवसायबाट आम्दानी बढ्नेछ ।

कुम्भः– समयको महत्वलाई वुझेर अगाडि बढ्नु होला । लगनशिलताबाट नै लक्ष्यमा पुग्न सकिनेछ । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । विरोधी कमजोर हुनेछन् जसका कारण आफु लाभान्वित भईनेछ । भाग्यले साथ दिनेछ ।

मिनः–समयमा क्रमिक सुधार आउनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ । उपलब्धिका काम कम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन सामान्य होला । सहयोगी मन खोज्नु पर्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । दानपुण्यका काम हुनेछन् ।

The post पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस। appeared first on .

काठमाडौंका २७ वडामा मत गणना सकियो, बालेन्द्र अगाडि

Previous articleअल्पमतमा परेपछि नेपाललाई फकाउँदै ओली
Next articleबैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।