चीनकै एक डाक्टरले विकास गरे कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’

बुहान । विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध चीनकै एक डाक्टरले भ्याक्सिन विकास गरेका छन् । चीनकै वुहानमा पहिलो पटक देखिएको भाइरस हाल ३ दर्जनभन्दा बढी मुलुकमा फैलिएको छ ।

विश्वमै तीव्र रूपमा यसको भाइरस फैलिएछि नियन्त्रण गर्न चुनौति परिरहेको बेला चीनकै डाक्टरले कोरोनाविरुद्धको ‘भ्याक्सिन’ विकास गरेका हुन् । चीनको अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले सो भ्याक्सिन कास गरेका हो ।

यो भ्याक्सिन मुखबाट लिन सकिने बताइएको छ । सुरुमा उनी आफैंले सो ‘ट्याबलेट’को चार डोज प्रयोग गरेको बताइएको छ । उनले विकास गरेका ट्यावलेटले कुनै साइड इफेक्ट देखाएका थिएन । मुखबाट लिन सकिने उक्त ‘भ्याक्सिन’ले कोरोनाको भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

भ्याक्सिनको बिकाससँगै सो विश्वविद्यालयले औषधिलाई क्लिनिकल परीक्षण र धेरै मात्रामा ‘भ्याक्सिन’ उत्पादन गर्न साझेदारको खोजी गरीरहेको बताइएको छ। प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको टोलीले ‘क्याप्सुल’का रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनर्मिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका हुन् ।

कोरोना भाइरसका काराण हिजो मंगलबारसम्म २७ सयको मृत्यु भइसकेको छ । चीनमा कोरोना भाइरसले सबैभन्दा धेरैको ज्यान लिएको तथ्याङ्क छ ।

The post चीनकै एक डाक्टरले विकास गरे कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’ appeared first on Rajdhani Daily News.

मेरो फोटो प्रयोग गरेर नक्कली फेसबुक खोलि षडयन्त्रपूर्ण च्याट गरि बदनाम गरियो: सुर्य थापा

Previous articleमगर दिवसमा गाउँपालिकामा सार्वजनिक बिदा
Next articleसाहको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।