ईटहरी / यही फागुन १५ गते विवाह बन्धनमा बाँधिदै गरेकी अभिनेत्री प्रियंका कार्कीले अभिनेता आयुष्मान देशराज जोशीको नामको मेहेन्दी लगाएकी छन् । उनले लगाइएका मेहेन्दी सेरेमोनीका तस्विरहरु सामाजिक सञ्जालमा देखिएका छन् । इन्गेजमेन्ट गरेको दुई वर्षपछि उनीहरुले विवाह गर्न लागेका हुन्।

सार्वजनिक तस्विरमा उनी हरियो रङको लेहेङ्गामा सजिएकी छिन्। त्यसो त केहि समय अगाडी नजिकका साथीसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेकि थीइन भने ब्याचलर पार्टीका थुप्रै तस्बिरहरु सामाजिक संजालमा देखिएका थिए । यसअघि प्रियंका र आयुष्मानले आफ्नो निकटका साथीहरुसँग छुट्टाछुट्टै ब्याचलर पार्टी मनाएका थिए।

यसैक्रममा आयुष्मानले प्रियंकाको ब्याचलर पार्टीको तस्विरहरुको नक्कल गर्दै उस्तै पोजमा तस्विरहरु खिचाएका थिए। उक्त तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएको थियो। जसको कारण उनीहरु दुवै जना ट्रोलको शिकार समेत भए।




The post नायिका प्रियंका कार्कीको मेहेन्दी सेरेमोनि ( तस्बिरहरु ) appeared first on Purbeli News.
कोरोनाको संकटको बेला अस्पताल कै सामान चोरी: कर्मचारी नै चोरीमा, लाखौं घोटालाको आशंका (भिडियो)


