वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बधुबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो ।

उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनी बर्दिया १ मा कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए ।

The post वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने appeared first on Rajdhani Daily News.

पोखराको अन्नपूर्ण केबलकारमा विद्यार्थी र नव विवाहित जोडीलाई विशेष छुट

Previous articleमगर दिवसमा सार्वजनिक बिदा
Next articleकोरोना जीवाणुको औषधि परीक्षण अमेरिकाको नेब्रास्कामा पनि शुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।