उत्तर कोरियाले आयात सामाग्रीमा पनि कोरोना संक्रमणको परीक्षण गर्ने

उत्तर कोरियाली समाचार संस्था केसिएनएका अनुसार छिमकी मूलुकबाट आयात हुने सामाग्रीमा कोरोनाको संक्रमण परीक्षण हुनेछ।

यसअघि उत्तर कोरियाले सयौं विदेशी कुटनीतिज्ञलाई घरबाट निस्कन नदिएको खबर सार्वजनिक भएको थियो। कोरोना नियन्त्रणको उपाय स्वरुप त्यसो गरिएको बताइएको थियो।

उत्तर कोरियामा हालसम्म कोरोनाबाट संक्रमित भए नभएको आधिकारिक जानकारी कसैलाई प्राप्त भएको छैन।

उत्तर कोरियाले सबैभन्दा बढी कारोबार गर्ने राष्ट्र चीन हो। चीन कोरोनाको उद्गमस्थल हो। यस्तै उत्तरको छिमेकी राष्ट्र दक्षिण कोरिया चीनपछि विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्र हो।

कोरोनाबाट बच्न ट्रम्पले ह्वाइटहाउसमा शान्ति पाठ गर्न लगाए (भिडियो)

Previous articleचीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु
Next articleअझै उठेनन् भूकम्पले ढलेका निजी आवास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।