साउदीको एउटै कोठामा ४ महिना देखि २२ नेपाली: ‘शौचालयको पानी खाएर बाँचेका छौं, रबि दाइलाई भन्दा पनि सुनुवाई भएन’ (भिडियो हेर्नुस्)

काठमाडौं । साउदीको एउटै कोठामा रहेका २२ जना नेपालीले आफुहरुलाई उद्यार गर्न भिडियो मार्फत आग्रह गरेका छन् । पाँच महिना देखि एउटा कोठामा बसेका उनीहरु एक छाक खाएर बसेको बताएका छन् । आफुहरुले काम गरेको कम्पनीले वेवास्ता गरेपछि एउटै कोठामा बसेका उनीहरु कोरोना पछिको लकडाउनपछि थप समस्यामा परेका छन् । उनीहरुले मोवाइलमा खिचेको भिडियो सार्वजनिक गरेर उनीहरुले आफुहरुलाई तत्काल आफुहरुलाई उद्यार गर्न आग्रह गरेका हुन् ।

विदेशमा रहेका थुप्रै ब्यक्तिको उद्यार गरेका अर्का पत्रकार रवि लामिछानेलाई पनि यसवारेमा जानकारी गराउँदा पनि वेवास्ता गरिएको भन्दै उनीहरु निरासामा परेका छन् । उनीहरु एउटा कोठामा बस्न पनि नमिल्ने अवस्थामा कसरी यतिका समय बिताए होलान् कल्पना पनि गर्न सकिदैन । साउदी अरवको रियादमा रहेका उनीहरुले आफुहरु बसेको कोठावाट आफुहरुको विजोग अवस्थाको भिडियो सार्वजनिक गरेका हुन् ।

डिसेम्बर देखि आफुहरु बेखर्ची भएको र एउटै कोठामा बसेको बताएका छन् । उनीहरुले आफुहरुलाई कप्पनीले अलपत्र पारेको बताएका छन् । काम गरेको कम्पनीले तलब पनि दिएको छैन । जुन मेनपावरले पठाएको हो त्यो मेनपावरले भोली भोली भन्दा भन्दा महिनौं बितेको बताएका छन् ।

सरकारलाई बारम्बार आग्रह गर्दा पनि कसैले सुनुवाई नगरेको बताए । कोठामा रहेका एक ब्यक्तिले भने, हिँजो बिहान एक गास ल्याएर दिएको हो, त्यसपछि कोही आएको छैन । २४ घण्टा भन्दा बढी भयो हामी भोकै छौं । एउटै कोठामा अहिले २२ जना बसेका छौं ।

दुई दिनमा एक छाक खान दिने गरेको र पीउने पानी पनि नहुँदा शौचालयको पानी मात्र खाएर बस्नु परेको बताए । यज्ञप्रसाद हुमागाई (सर्लाही) ले भने, म डिसेम्बरको ९ तारिखमा आएको हुँ, मेनपावरले भने अनुसारको काम पनि पाइएन जुनमा काम गरेको हो त्यसले तलब पनि दिएन । उनीहरुले दुतावासमा पनि खबर गर्दा साउदीको नियम अनुसार ३ महिना यसैगरी बस्नुपर्छ भनेर आफुहरुलाई भनेको बताए ।

४४ अङ्कले बढ्यो नेप्से

Previous articleआज वि.सं.२०७६ साल चैत्र २९ गते शनिबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
Next articleदाना नपाउँदा कुखुरालाई घाँस !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।