बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

नकपुरधाम । किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा धनुषामा एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका बस्ने २७ वर्षीय गुरुदेव दास रहेको जिल्ला इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ । खेतमा बयर खान आउ भन्दै बोलाएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।

गत फागुन ११ गते दिउँसो १ बजे गाउँभन्दा पर खेतमा घाँस काटिरहेको बालिकालाई बयर दिन्छु भन्दै बोलाएर बलात्कार प्रयास गरेको पीडितको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पीडित बालिका भागेर आफना काकीलाई घटनाबारे बताएपछि घटना बाहिर आएको हो ।

घटनालाई गाउँमै मिलापत्र गर्ने भनेर पंचायत भइरहेको बेलामा सुचना पाएका ईलाका प्रहरी कार्यालय यदुकूहाकोले तत्कालै आरोपितलाई छिमेकीको घरमा लुकिछिपी बस्दै आएका दासलाई पक्राउ गरेका थिए । पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परिक्षण पनि गरिएको छ ।

The post बलात्कार प्रयासको आरोपमा युवक पक्राउ appeared first on Rajdhani Daily News.

कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

Previous articleप्रदेश २ को सरकारलाई नै स्थायीत्व दिनु आवश्यक छ : कमल थापा
Next articleनेपाल ट्रष्टको जग्गा लिज निर्णयमा मेरो संलग्नता छैन : देउवा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।