Home Uncategorized कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

कास्की- गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् ।

धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठूलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिनुभयो ।-

https://ujyaalonepalnews.com/archives/21941

Previous articleवीरगञ्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि
Next articleसेती नदीको पुलमा बाढीले क्षति पुर्‍याउँदा आवतजावतमा समस्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।