Home Uncategorized थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

रुस्लान थ्री स्टार क्लब, चौथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रगंशालामा बुधबार भएको दोस्रो क्वार्टरफाइनलमा सिमराको नव जनजागृती युवा क्लबलाई २-० ले हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थ्रीस्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ८० औं मिनेटमा सन्जोक राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको १ मिनेटमा नै आशिष राईले गोल गर्दै अग्रता दोब्बर पारे।

निशान खड्काको क्रसमा सन्जोकले हेडमार्फत गोल गरे। त्यस्तै निशानकै पासमा आशिषले पेनाल्टी बक्स भित्रबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए। खेलको म्यान अफ द म्याच थ्री स्टारका कप्तान विक्रम लामा भए।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा विहीबार विभागीय डर्बीमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले २१ लाख १ हजार र दोस्रो हुने टोलीले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

बालिका बला’त्कार गर्ने श्रीमानलाई थुन्न श्रीमतिले नै चुक्कुल लगाएपछि…

Previous articleकोरोना संक्रमण : विश्व स्वास्थ्य संगठनले नभनेसम्म नेपालले यात्रा प्रतिबन्ध नलगाउने
Next articleफुटबल प्रतियोगिता : सिद्धार्थ बनस्थली र एलए सेमिफाइनलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।