बालिका बला’त्कार गर्ने श्रीमानलाई थुन्न श्रीमतिले नै चुक्कुल लगाएपछि…

बालिका बला’त्कार गर्ने श्रीमानलाई थुन्न श्रीमतिले नै चुक्कुल लगाएपछि…

विराटनगर । बुधबार विहान मोरङको उर्लाबारी नगरपालिका–४ का ३९ वर्षीय तोमकुमार लिम्बूले स्थानीय १५ वर्षीय बालिकालाई आफ्नै घरमा बोलाए । त्यतिबेला परिवारका सबै सदस्य खेतमा काम गर्न निस्किसकेका थिए । वर्षाको बेला भएकाले सबै जना काममा व्यस्त थिए । ती बालिकालाई ललाईफकाई आफ्नै घरको कोठामा बोलाएपछि घरमा आइपुगेकी बालिकालाई लिम्बूले कोठाभित्र लगेर बला’त्कार गरे । काममा नजाने आफ्नै पतिको व्यवहारमा पत्नीलाई शं’का रहेछ ।

त्यही भएर बीचमै काम छाडेर उनी घर आइपुगिन् । कोठाभित्र बालिकालाई राखेर पतिले ग’लत ह’र्कत गरिरहेको आशंकामा उनले बाहिरबाट ढोकाको चुक्कुल लगाइदिँदै छरछिमेकीलाई बोलाइन् । वरपरका सबै भेला भएर सोधपुछ गर्ने क्रममा बालिकाले ललाईफकाई घरमा बोलाएर आफूमाथि तोमकुमारले बला’त्कार गरेको कुरा खोलिन् ।

 

स्थानीय बासिन्दा भेला हुन थालेपछि घरबाट तोमकुमारलाई मिक्लाजुङको जंगलतर्फ भागे । तर, भाग्ने क्रममा लडेर उनको टाउकोमा चो’टसमेत लाग्यो । प्रहरीले भाग्दै गरेको अवस्थाम बुधबार साँझ प’क्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बालिकालाई बला’त्कार गर्ने तोमकुमारलाई पक्राउ गरिएको जानकारी दिए । उनीविरुद्ध जवर’जस्ती कर’णी मु’द्दा चलाउन अनुसन्धान सुरु गरिएको राईले बताए ।

प्रारम्भिक अनुसन्धानबाट पनि तोमकुमारले बला’त्कार गरेको खुलेको राईले बताए । बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । स्वास्थ्य परीक्षण सम्बन्धी प्रारम्भिक रिपोर्टले पनि बालिका बला’त्कृत भएको देखाएको प्रहरीले जनाएको छ ।

स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट सार्वजनिक गर्दै

Previous articleसरकारको नीति र कार्यक्रम : चितवनलाई पाँच सुपर प्रोजेक्ट, केहि नयाँ केहि पुरानै
Next articleचितवनमा फेरी देखियो कोरोना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।