पाँचपटक ग्रान्ड स्ल्याम उपाधी जितेकी मारिया सारापोभाले गरिन् सन्यास घोषणा

टेनिस सुन्दरी मारिया सारापोभाले पेशागत टेनिसबाट सन्यास लिएको घोषणा गरेकी छन्।

पाँचपटक ग्रान्ड स्ल्याम टाइटल जितेकी ३२ वर्षको उमेरमा ‘प्रोफेसनल’ खेलयात्रा रोकेकी हुन्।

उनी केहि वर्षदेखि काँधको समस्यासँग जुधिरहेकी छन्।

यस वर्ष दुइवटा खेलमात्र खेलेकी उनी दुवैमा पराजित भएकी थिइन्।

सन् २००४ मा १७ वर्षको उमेरमै उनले विम्वलडन जितेर टेनिसमा चम्केकी उनले त्यसपछि फ्रेन्च ओपनमा दुई उपाधी र युएस ओपन र अष्ट्रेलियन ओपनमा एकएक उपाधी जितेर स्टार टेनिस खेलाडीको रुपमा स्थापित भएकी थिइन्।

-एपी 

नेपालमा कोरोना बाट दोश्रो मृत्यु: बाँकेमा मृत्यु भएका युवा पनि कोरोना संक्रमित भएको पुष्टि

Previous articleशहरी विकास राज्यमन्त्रीका सल्लाहकार बलात्कारको आरोपमा पक्राउ
Next articleदेशभरका क्याम्पस स्ववियुविहीन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।