लूनकरणदास-गङ्गादेवी चौधरी पुरस्कार प्रदान

काठमाडौं- साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएका तीनजनालाई लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कृत गरेको छ ।

प्राज्ञ एवं साहित्यकार उषा ठाकुरले हिजो आयोजित एक कार्यक्रममा तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पुर्‍याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान गरेका न्हुच्छेबहादुर डङ्गोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गर्नुभयो ।

उहाँहरू तीनैजनालाई जनही रु एक लाख ५१ हजार राशिको पुरस्कार साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।-

https://ujyaalonepalnews.com/archives/19964

Previous articleगुल्मीमा माछा मार्ने क्रममा डुबेर २ जना बालकको मृत्यु
Next articleनेपाल-इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६२औँ वार्षिकोत्सव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।