भर्खर वर्षा राेकिएकाे नेपालमा फेरि प्रवेश गर्दै पानी पार्ने प्रणाली

भर्खर वर्षा रोकिएको नेपालमा फेरि पानी पार्ने अर्काे मौसमी प्रणाली भित्रिँदै छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्दै गरेको हो।

यो पश्चिमी वायुबाट विकसित प्रणाली हो।

मध्य र पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रका कारण मंगलबार र बुधबार काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा वर्षा भएको थियो।

‘अहिले पश्चिमी न्यून चापीय प्रणाली इरान, अफगानिस्तानसम्म आइपुगेको छ,’ मौसमविद् बासीले बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘अहिले नेपालमा पूरै प्रणाली प्रवेश गरिसकेको छैन, उच्च वायुमा त्यसको हल्का बादल आइरहेको छ।’

आज दिउँसोसम्ममा यो प्रणाली नेपालको पश्चिमी क्षेत्रमा प्रवेश गरिसक्ने मौसमविद् बासीको अनुमान छ।

उनका अनुसार आज विशेषगरी पश्चिमी क्षेत्रमा मौसम बदली हुनेछ। तर पानी भने आज कतै पर्ने सम्भावना छैन।

यसैगरी आज मध्य र पूर्वी पहाडी भेगमा पनि मौसम आंशिक बदली हुनेछ। तराई क्षेत्रमा भने आज मौसम सामान्यतया सफा रहने मौसमविद् बासीले बताइन्।

भोलि (शुक्रबार) पनि मौसम बदली मात्र हुने देखिन्छ, पश्चिमका एक दुई स्थानमा पानी पर्न सक्छ,’ उनले भनिन्, ‘पर्सि (शनिबार) भने विशेषगरी पश्चिमी क्षेत्रमा वर्षा र हिमपात गराउने सम्भावना छ।’

काठमाडौंको आकाश किन धुम्म?
यतिबेला (बिहीबार बिहान सवा ८ बजे) काठमाडौं उपत्यकाको आकाश धूम्म भएको छ।

मौसमविद् बासीका अनुसार बुधबार भएको वर्षाले आज बिहीबार काठमाडौंको आकाश धूम्म भएको हो।

‘हिजो पानी पर्यो, त्यसले वायु मण्डलमा सापेक्षिक आद्र्रता बढाएपछि काठमाडौंको आकाश धूम्म भएको हो,’ उनले भनिन्।

तर केही बेरपछि मौसम क्रमिक रूपमा खुल्दै जाने र आज काठमाडौं उपत्यकामा घाम लाग्ने मौसमविद् बासीको अनुमान छ।

रुमालले हानेर कोरोना भाइरस मा’र्छु भन्दै अफ’वाह फैलाउने पास्टर केशब आचार्य कारागार चलान

Previous articleतयार भयो लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा
Next article१० कक्षामा पढ्ने किशोरले बनाए गाडी, चलाएरै देखाए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।