Home Uncategorized रुमालले हानेर कोरोना भाइरस मा’र्छु भन्दै अफ’वाह फैलाउने पास्टर केशब आचार्य कारागार...

रुमालले हानेर कोरोना भाइरस मा’र्छु भन्दै अफ’वाह फैलाउने पास्टर केशब आचार्य कारागार चलान

रुमालले हानेर कोरोना भाइरस मा’र्छु भन्दै अफ’वाह फैलाउने पास्टर केशब आचार्य कारागार चलान

रुमालले हानेर कोरोना भाइरस मा’र्छु भन्दै अफ’वाह फैलाउने पास्टर केशब आचार्य का’रागार चलान भएका छन्! कास्की जिल्ला अदालतबाट गत बैशाख ३१ गते धरौटीमा रिहाइ हुने बित्तिकै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोल्पा लगिएका पास्टर केशब आचार्य डोल्पा जिल्ला अदालतबाट हिजो पूर्वपक्षको लागि कारागार चलान भएको डोल्पा जिल्ला प्रहरी कार्यालय दुनैका इन्सपेक्टर हरिराम डाँगीले जानकारी दिए।

कास्की जिल्ला अदालतमा पेस गरेको बयान र आचार्यको मोबाइल फोन भित्र रहेको फोटो र भिडियो अनुसार डोल्पा जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रतिवेदन तयार गरी पास्टर आचार्यलाई कास्की जिल्ला अदालतबाट धरौटीमा रिहाइ हुने बित्तिकै अनुसन्धानको लागि कास्कीबाट डोल्पा लगेको थियो ।

डोल्पामा गएर प्रवचन सुनाएको फोटो र भिडियोको प्रमाण र पास्टर केशब आचार्यले कास्की जिल्ला अदालतमा दिएको बयानलाई आधार मानी धर्म परिवर्तनको आरोपमा डोल्पा प्रहरीले केशब आचार्य पुगेको गाउँमा पुगि धर्म परिवर्तन सम्बन्धी प्रहरी प्रतिवेदन तयार पारेको थियो । प्रहरी प्रतिवेदन अनुसार उजुरी जाहेरी गरेपछि आचार्यलाई अनुसन्धान पश्चात धर्म परिवर्तन सम्बन्धी जिल्ला अदालत डोल्पामा मुद्दा दर्ता गरेको र हिजै पूर्वपक्षको लागि कारागार चलान गरेको इन्सपेक्टर हरिराम डाँगीले बताए ।

पास्टर केशब आचार्यलाइ प्रतिबादी र नेपाल सरकारलाई बादी बनाएर जिल्ला अदालत डोल्पा दुनैमा मुद्दा दर्ता गरिएको छ । स्मरण रहोस पोखरास्थित प्रशस्त कटनी मण्डलीका पास्टर केशब आचार्यलाई पोखरा महानगरपालिका २९ पावरहाउसबाट धर्मको नाममा कोरोनाको भ्रमा’त्मक सन्देश फैलाएको भन्दै कास्की प्रहरीले गत चैत्र ११ गते नियन्त्रणमा लिई आचार्य बिरुद्ध धर्मको नाममा अफवाह फैलाएको आरोपमा मुद्दा दर्ता गरेको थियो ।

केशव आचार्यले पायल्स ठिक पार्छु भन्दै भ्रम छरेको भिडियो !

 

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहर

Previous articleनेपाल बारे तथानाम बक्ने अर्णव गोस्वामी दुनियाँ कै चु-तिया पत्रकार
Next articleकतारी नागरिक मारे’को आ’रोपमा मृ’त्युद’ण्ड दिइएका अनिलको अन्तिम फोन, मलाई आजै सु’ट गर्दैछ….
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।