विभिन्न नामबाट दल खोल्नेहरुले गर्दा देश इतिहासकै खराब अवस्थामा, नेता पाण्डे

0
48

रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री बिक्रम पाण्डेले विभिन्न नामबाट दल खोल्ने हरुले गर्दा देशनै इतिहासको सबै भन्दा खराव अवस्थामा रहेको बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र न १ द्वारा रत्ननगरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएको उँहाले यस्तो बताउनुभएको हो ।

देशमा केहि गर्छु भन्नेले आत्माहत्या गर्नु परेको र माथिल्लो नेता र रजनितिनी गर्ने हरुको संगत गर्ने मान्छे हरुले मात्र ब्यापार व्यवासय गर्न सक्ने अवस्था रहेको बताउदै उँहाले देश बचाउन र भष्टचारी लाई लखेट्न मङ्सिर ४ गते हुने चुनाबमा हलो चिन्हमा मतदान गरि राष्टवादिको जित सुनिस्चित गर्न आग्रह समेत गर्नु भएको छ ।

त्यस्तै सोहि कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्र नं. १ का अध्यक्ष बलराम खनालले यो समयमा देशले परिवर्तन खोजिरहेको र राप्रपा परिवर्तनको वाहक शक्तिको रुपमा उदाइरहेको स्थितिमा निर्वाचनमा आफ्नो प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिनुभएको छ । उंहाले थप्नुभयो वैकल्पिक राजनीतिको धार कमजोर हुनु केवल पार्टीको लागि मात्रै होइन देशकै लागि ठूलो क्षति हुन्छ l मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर लागि परेको कारण आगामी निर्वाचनमा मत दिएर विजयी बनाउनसमेत मतदाताहरुलाई खनालले आग्रह गर्नु भएको छ ।

कार्यक्रममा पुर्व मन्त्री पाण्डे, अध्यक्ष खनाल, राप्रपा केन्द्रिय सदस्य रिना गुरुङ, क्षेत्रीय उपाध्यक्ष मंजु बर्तौला, डा. बशन्त प्रसाद अधिकारी लगाएतले बोल्नुभएको थियो , कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर १ का अध्यक्ष बलराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो l

https://www.ujyaalonepalnews.com/archives/24494

Previous articleकंकाली युवा जागरण क्लबले चंगाचेट फेस्टिवल र सांस्कृतिक कार्यक्रम गर्दै
Next articleचितवनका सञ्चारकर्मी रामु आचार्यको पहिलो कोसेली ‘पानी सेती’ को सार्वजनिक