फ्रान्स पठाईदिने बहानामा महिलाले ठगिन् ३८ लाख

वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिने भन्दै एक महिलाले तीन जना व्यक्तिसँग ३८ लाख उठाएर ठगी गरेकी छन्। ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको साविक दुधराक्ष गाविस–५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पुर्णिमा श्रीष छन्।

उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा (प्याकिङ फुड) कामको लागि आकर्षक तलव हुन्छ भनि प्रलोभनमा पारेर तीन जनाबाट सो रकम लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ।

पीडित शिर बहादुर थापा समेतले दिएको निवेदनका आधारमा प्रहरीले उनलाई बुधबार तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी थप कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयले धारा छुन नदिएपछि क्वारेन्टाइनबाट नदीमा नुहाउन गएका बेपत्ता युवकको शव भेटियो

Previous article‘दुई महिनाभित्र चीनमा कोरोनाभाइरस नियन्त्रणमा आउँछ’
Next articleमैनालीसहित दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।