दुर्घटनामा घाइते भएका सीपी मैनालीलाई हेलिकोप्टरबाट काठमाडौ लगियो

महोत्तरी । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरले उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जानकारी दिएको छ । मैनालीसहित घाइते सवैलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।

दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।

The post दुर्घटनामा घाइते भएका सीपी मैनालीलाई हेलिकोप्टरबाट काठमाडौ लगियो appeared first on Rajdhani Daily News.

नेपालीले भनेर मात्र हुन्छ? लिम्पियाधुरा नेपालको होइन, नत्र सबुत ल्याउनुस: सरिता गिरि (भिडियो)

Previous articleरवीन्द्रको अधिकारीको त्यो अधुरो वाचा…
Next articleमिस हुनेछन् खरिपाटी क्वारेन्टाइनका साथी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।