७५ वर्षमाथिका तीन सय २९ कैदीबन्दी रिहा गरिँदै

सरकारले ७५ वर्ष उमेर काटेका र ५० प्रतिशत कैद भुक्तान गरी राम्रो चालचलन रहेका तीन सय २९ कैदीबन्दी रिहाका लागि राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राम्रो चालचलन भएका, ७५ वर्ष माथिका र ५० प्रतिशत कैद भुक्तान गरिसकेको तीन सय २९ कैदीबन्दीलाई रिहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले नेपालको संविधानको धारा २७६ अनुसार उक्त निर्णय गरिएको जानकारी दिए।

चितवन प्रशासनमा मिटरब्याज पीडितका १६ उजुरी

Previous articleमिस हुनेछन् खरिपाटी क्वारेन्टाइनका साथी
Next articleट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।