खल्ती एप मार्फत पूर्वेली म्युजिक अवार्डको फारम भर्न सकिने, अन्तिम मिति फागुन १८

इटहरी / डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ एप मार्फत पनि पूर्वेली म्युजिक अवार्डको फारम भर्न सकिने छ । माेफसलमै पहिलोपटक सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड २०२०को आवेदन फारम अनलाइन मार्फत फर्म भर्न सजिलाे हाेस् भन्ने उदेश्यले ‘खल्ती’ एप मार्फत पनि पूर्वेली म्युजिक अवार्डको फारम भर्न सकिने अायाेजकले जनाएकाे छ ।

नेपाली पूर्वेली लोक गीत तथा बिभिन्न भाषाभाषीहरूकाे गितहरू गरी २३ बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७० बैशाख १ गते देखि २०७५ चैत्र मसान्त सम्म बजारमा आएका सिर्जनालाई समावेश गर्न पाउने भएका छन । अवार्डमा उत्कृष्ट नयाँ गायक,बर्षको उत्कृष्ट गीत,उत्कृष्ट प्रस्तुति (पुरुष) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज,उत्कृष्ट संगित,उत्कृष्ट शब्द,उत्कृष्ट लय,उत्कृष्ट शब्द लाई अवार्ड प्रदान गरिने छ ।

साथै बिभिन्न भाषाभाषीहरूको सम्मान गर्ने उद्धेश्यका साथ उत्कृष्ट लिम्बु गीत,उत्कृष्ट तामाङ गीत,उत्कृष्ट शेर्पा गीत,उत्कृष्ट मगर गीत,उत्कृष्ट राई गीत,उत्कृष्ट गुरुङ गीत,उत्कृष्ट मैथिली गीत,उत्कृष्ट थारु गीत,उत्कृष्ट राजबंशी गीत,बर्षको उत्कृष्ट गीत,उत्कृष्ट भिडियो,उत्कृष्ट दृश्य सम्पादन,उत्कृष्ट भिडियो सम्पादन,उत्कृष्ट मोडल महिला र पुरुष दुबै बिधामा आवेदन फारम भर्न सकिने पूर्वेली मिडिया नेटवर्क प्रालिका अध्यक्ष सुरेशचन्द्र दाहालले बताएका छन् ।

त्यसैगरी पूर्वेली म्यूजिक अवार्डका इभेन्ट काेर्डिनेटर राजन क्षेत्रीका अनुसार याे अवार्ड नेपाली मौलिक लोक गीत संगीतको विकाश र विस्तार एवम प्रर्वद्धन गर्ने उद्देश्य रहेकाेले यसलार्इ भब्य र सभ्य रुपमा सहभागी भइ कार्यक्रम सफल बनाउन अाग्रह गरेका छन् ।

आबेदन फारम अनलाइनमा खल्ती एप डाउनलाेड गरी भर्न सकिनुका साथै इटहरी, पूर्वेली मिडिया नेटवर्क, पूर्वाञ्चल डिजिटल रेकडिङ स्टुडियाे, धरान स्थित म्यूजिक मिडिया रेकडिङ स्टुडियाेको कार्यालयबाट प्राप्त गर्न सकिनुका साथै ९८५२०६३७६४ (राजन क्षेत्री), ९८१६९३११२२ (बिपिन लिम्बु), ९८५२०५७६५४ (सुरेश दाहाल) , ९८४२०९७५५४ (रूद्र श्रेष्ठ) मा सम्पर्क गरी भर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले बताएको छ ।

The post खल्ती एप मार्फत पूर्वेली म्युजिक अवार्डको फारम भर्न सकिने, अन्तिम मिति फागुन १८ appeared first on Purbeli News.

बिना तलब कम्पनीले निकाली दियो, सडकमा बास बस्दै साउदीका नेपाली

Previous articleनक्कली चालक अनुमतिपत्र बनाउने पक्राउ
Next articleस्वर्गीय अधिकारी आफ्नो कार्यकालमा सफल मन्त्री हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।