फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– १९ बस्ने पूर्णीमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उपरीक्षक सिंहका अनुसार उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा खाना प्याकिङको काममा आकर्षक तलब पाइने लोभ देखाएर तीन जनाबाट ३८ लाख पचास हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

पीडितले गत माघ २८ मा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको उनले जानकारी दिए । श्रीषलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाइएको महाशाखाले जनाएको छ ।

The post फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ appeared first on Rajdhani Daily News.

इजलासमा सन्दीपको बयान : ‘मलाई कसैको उक्साहटमा फसाइयो’

Previous articleआर्थिक बर्षको अन्त्यसम्ममा ९० प्रतिशत बजेट खर्च हुने मन्त्री खतिवडाको दावी
Next articleयस्ताे बन्याे थारू समुदायले थकाई मार्ने एकसय वर्ष पुरानाे ताल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।