लोक तथा दोहोरी गायक बम बहादुर कार्की सहितको टोली कतारमा

दोहा । गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति सहयोगार्थ गुल्मी सेवा समाज कतारले आयोजना गरेको आठौँ वनभोज तथा सांस्कृतिक कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिनको लागि समाजको निमन्त्रणामा कलाकारहरू आज बिहान कतार आइपुगेका छन् ।

कतार आइपुगेका कलाकारहरूमा वरिष्ठ लोक तथा दोहोरी गायक बम बहादुर कार्की, दीपक परियार र गायिका सरिता कार्की रहेका छन् । कलाकारहरूलाई हमाद अन्तर्राष्ट्रिय एयरपोर्टमा समाजका अध्यक्ष झबिन्द्र आचार्य, उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुमार अविरल, लगायतले स्वागत गरेका थिए । कार्यक्रम सहानिया स्थित अलदुसारी चिडियाखानामा भोलि (शुक्रवार) सपन्न हुँदै छ ।

आफ्ना साङ्गीतिक प्रस्तुतिहरूले भरपुर मनोरञ्जन प्रदान गर्न आफूहरू उत्साहित रहेको बताउँदै कतारवासी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भइदिन पनि कलाकारहरूले आग्रह गरे । कतारमा रहेका नेपालीहरू एवम् विशेष गरी गुल्मेलीहरूलाई उक्त कार्यक्रममा उपस्थित हुन् सह सचिव दर्शन सुनुवारले आग्रह गरेका छन् ।

कार्यक्रमबाट आर्जन हुने मु(नाफालाई समाजले सञ्चालन गरेको छात्रवृत्ति अभियानमा समावेश गराई जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा रहेका विद्यालयहरूमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि वितरण गर्दै आएको छात्रवृत्ति वितरण कार्यक्रमलाई निरन्तरता दिइने समाजका अध्यक्ष झविन्द्र आचार्यले बताए ।

The post लोक तथा दोहोरी गायक बम बहादुर कार्की सहितको टोली कतारमा appeared first on Rajdhani Daily News.

तत्काल उद्धार हुने छाँट देखिएन; अदालत भन्छ- राज्यकै खर्चमा ल्याऊ, सरकार भन्छ- उडान रद्द !

Previous articleआइतबार धनगढी विकास सम्मेलन हुने
Next articleआफूलाई कोरोना लागेको सूचना दिनेलाई १४ सय डलर पुरस्कार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।