धनगढी । आउने आइतबार धनगढी उपमहानगरपालिकाले विकास सम्मेलनको आयोजना गर्ने भएको छ । उपमहानगरपालिकाले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले पत्रकार सम्मेलन मार्फत विकास सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । विकास सम्मेलनले धनगढीको विकासका लागि दिशानिर्देश गरी योजनाबद्ध विकासमा सहयोग पुग्ने मेयर ओडले बताए ।
सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैकंहरु प्रस्तुत हुने मेयर ओडले जानकारी दिए । त्यस्तै विकास सम्मेलनमा नगरबासीहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरिने छ मेयर ओडले भने ।
मेयर ओडका अनुसार नगरको विकासका लागि नागरिकसँग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरि उत्कृष्ट ती जनालाई पुरस्कृत गरिनेछ । नगरको विकासका लागि ज्ञान र स्रोत बढाउनलाई विकासको साझेदारहरुको दायरा फराकिलो बनाईने लगाएतका विषयवस्तुहरु समावेश गरिने जस्ता बिषयवस्तु सम्मेलनमा प्रस्तुत हुने पनि मेयर ओडले बताए ।
प्रस्तुत गरिने परियोजनाहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुलाई समुन्वय गरी दु्रत प्रभाव छोटो अबधि र लामो अबधि गरि तिन भागमा पहिचान गरीने बताइएको छ । उक्त प्रस्तुतिहरु सम्बन्धित क्षेत्रका विशेषज्ञबाट प्रस्तुत गरी सहभागिहरु माझ बृहत छलफल गरि परियोजनालाई अन्तिम रुप दिईने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
The post आइतबार धनगढी विकास सम्मेलन हुने appeared first on Rajdhani Daily News.
भारत चिन सीमामा भि’षण त’नाब: एक क’माण्डरसहित तीन भारतीय सैनिकको मृ’त्यु


