Home Uncategorized कोरोनाबारे विश्व स्वास्थ्य संगठनले भन्योः अब हाम्रो मुख्य चासो चीन होइन, बाँकी...

कोरोनाबारे विश्व स्वास्थ्य संगठनले भन्योः अब हाम्रो मुख्य चासो चीन होइन, बाँकी विश्वमा छ

विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अधानम गेब्रीससले कोरोना भाइरसका विषयमा अब मुख्य चासोको स्थान चीन नभई बाँकी विश्व भएको बताएका छन्।

गत दुई दिनदेखि नयाँ भाइरस संक्रमितको संख्या चीनमा भन्दा बाँकी मुलुकमा बढी देखिएको छ।

यतिबेला चीनमा ४८ हजार ६३० संक्रमित छन् भने २ हजार ७४७ मारिएका छन्। चीनबाहिर ३ हजार ४७४ संक्रमित हुँदा ४४ को ज्यान गएको छ।

‘बाँकी संसारमा जे भइरहेको छ, हाम्रो मुख्य चासो त्यसमा छ,’ टेड्रोसले भने।

गएको २४ घण्टामा सात नयाँ मुलुकले आफ्नो कोरोना संक्रमित फेला परेको बताएका छन्। उनले सबै मुलुकलाई तत्काल भाइरस नियन्त्रणमा जुट्न पनि आग्रह गरे। एजेन्सी

राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध, १५ जनाभन्दा बढी भेला हुन नपाइने

Previous articleसाम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहन्छन् : अध्यक्ष प्रचण्ड
Next articleसाम्यवादमा नपुगेसम्म पार्टीभित्र बहस र विवाद भइरहन्छ : अध्यक्ष प्रचण्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।