मनाङ मर्स्याङ्दी क्लबको मुख्य प्रायोजक बन्यो आयल निगम

नेपाल आयल निगमले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई मुख्य प्रायोजन गर्ने भएको छ।

काठमाडौंमा सोमबार भएको पत्रकार सम्मेलनमा निगम र मनाङबीच सम्झौता भएको हो।

सम्झौतापत्रमा क्लबका अध्यक्ष छिनी उर्गेन गुरुङ र निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले हस्ताक्षर गरे। प्रायोजनबापत निगमले मनाङलाई ३५ लाख रुपैयाँ दिनेछ। सम्झौताअनुसार अब मनाङको नाम नेपाल आयल निगम मनाङ मस्र्याङ्दी हुनेछ।

निगमले १ वर्षका लागि मनाङलाई प्रायोजन गरेको क्लबका अध्यक्ष गुरुङले जानकारी दिए।

तीन दिन बदलीसँगै वर्षा हुने

Previous article‘नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धले जोड्दै नेपाल–भारत’
Next articleपत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही नभएको भन्दै आन्दोलनको घाेषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।