
यात्रुमा कोरोना संक्रमण फैलिएपछि जापानको योकोहामा रोकिएको पानीजहाजबाट भारत सरकारले आफ्ना नागरिकसँगै उद्धार गरेको नेपाली काठमाडौंकी महिला भएको खुलेको छ।
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी काठमाडौं कपनकी अम्बिका बस्नेत हुन्। बस्नेत जहाजमा क्रु मेम्बरका रूपमा कार्यरत थिइन्।
जापानको टोकियो नजिकैको योकोहामा बन्दरगाहमा राखिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा कोरोना संक्रमण फैलिएपछि भारत सरकारले बिहीबार आफ्ना ११९ नागरिकलाई उद्धार गरेर भारत ल्याएको छ।
त्यस क्रममा भारत सरकारले एक नेपालीसहित श्रीलंका, दक्षिण अफ्रिका र पेरुलगायत अन्य देशका ५ नागरिकलाई सँगै भारत ल्याएको हो।
अहिले उनीहरूलाई हरियाणाको मनसेरास्थित क्वारेन्टाइनमा राखिएको छ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका हरि ओडारीले उनीहरूसहित बस्नेत पनि १४ दिनका लागि क्वारेन्टाइनमै रहने बताएका छन्।
क्वारेन्टाइन अवधिमा दुईपटक स्वास्थ्य परीक्षण गरिने र उनमा कोरोनाभाइरस नरहेको पुष्टि भएपछि मात्र नेपाल पठाइने नेपाली दूतावासले जानकारी दिएको छ।
यद्यपि अहिलेसम्मको अवस्थामा बस्नेतको स्वास्थ्य अवस्थामा सामान्य रहेको र उनी काठमाडौंको कपनस्थित परिवारसँग सम्पर्कमै रहेको जनाइएको छ।
साउदीमा ईलिगल बसेका र Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना


