साउदीमा ईलिगल बसेका र Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना

साउदीमा अकामा नभएका र Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना

उज्यालो नेपाल, जेठ १२ – साउदी अरबमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नविकरण नगरिएका नेपाली नागरिकहरुलाई साउदीमा रहेको नेपाली राजदुतावासले जरुरी सुचना प्रकाशित गरेको छ ! दुताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सम्वन्धित सबैलाई सुचना जारी गरेको छ ! यदि तपाई साउदीमा हुनुहुन्छ भने यो सूचनालाई अवश्य शे-यर गरि सबैलाई जानकारी गराउन सहयोग गरिदिनुहोला ! दुताबासको सुचना यस्तो छ !

नेपाली दूतावास समक्ष बहिर्गमन भिजा Exit visa को लागि २०७६ पौष माघ र फागुनमा निवेदन दिएकामध्ये केही व्यक्तिहरूको भिसा प्राप्त भएको सूचना

साउदी अरेबियाका विभिन्न कम्पनी प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र अकामा नबनाइएका वा नवीकरण नगरेका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा Exit Visa सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रक्रियाको थालनी गरेको छ !

बहिर्गमन भिसाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलब्ध गराएको भए तापनि कोरोना संक्रमणका कारण अवरुद्ध यो प्रक्रिया क्रम सुरु भएको छ ! यो प्रक्रिया थालनी पछि सरकारले थप ६१ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको छ!  यसअघि ७४ जनाले भिसा प्राप्त गरेको सूचना प्रकाशित गरी सकिएको छ!

यसरी १३५ जनाले भिसा प्राप्त गरेका छन् ! भिसा लागेकाहरु भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्च मा स्वदेश फर्किसक्नुपर्ने छ!  स्वदेश फर्कने उडान र मिति आदिका बारेमा चाँडै जानकारी गराइनेछ!  साथै बहिर्गमन भिसाका लागि आवेदन दिन बाँकी रहेका, अकामा नभएका हरुव लागेका वा नवीकरण नभएका हरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने व्यहोरा समेत अनुरोध गरिन्छ ! यस विषयमा नेपाली राजदूतावासको फेसबुक पेज थप अनिवार्यरुपमा नियमिति हेर्नु हुन पनि अनुरोध छ !

बागमती प्रदेशले श्रमजीवी पत्रकारको सामाजिक कोषका लागि ५० लाख रुपैयाँ दिने

Previous articleहिजो बिहिवार मात्र १५ अन्तर्राष्ट्रिय उडान, ११०० बढी नेपाली स्वदेश फर्किए
Next articleचरित्र र स्वाभावका आधारमा श्रीमतीका ७ प्रकार; तपाईकि श्रीमती कुन वर्ग कि ??
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।