दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

दैलेख । ‘पेट्रोलियम पदार्थको अन्वेषणमा रहेको चिनियाँ टोलीले पहिलो चरणको अन्वेषणको साईस्मिक सर्भेको काम पुरा गरेको छ । २०६७ कार्तिक महिनादेखि शुरु भएको अन्वेषणको काम करिब साढे चार महिनामै सम्पन्न चिनियाँ टोलीले पुरा गरेको हो । अन्वेषण टोलिले ‘जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिर्ङ र साईस्मिक सर्भे गरि ४ ओटा काम सम्पन्न भएको जनाएको छ ।’

खानी तथा भुगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेश त्रिपाठीले अन्वेषण अन्र्तगत सबैभन्दा महत्वपूर्ण मानिएको ‘साईस्मिक सर्भे’को काम बुधबार मात्र सम्पन्न भएको जानकारी दिए । ‘चिनियाँ प्राविधिक टोलीले केही दिनमा टेन्टहरुको व्यवस्थापन गरेर फर्किने छ’, उनले भने ।
अन्वेषण टोलीले चिनमा गएर अहिलेसम्म यो क्षेत्रमा भएका विभिन्न ४ प्रकारका सर्भेहरुको विश्लेषण गर्नेछ ।

टोलीले आफुहरुले गरेको कामबारे आफसी छलफलपछि निष्कर्ष निकाली,अर्काे चरणमा गरिने कार्यका लागि कुन ठाउँमा गर्ने भन्ने ठाउँमो एकिन गर्छ,’ र अर्काे टोली ‘अन्वेषण गरिएको क्षेत्रमा आउँछ । ’ पहिलो टोलीले निण्कर्ष ठाउँमा ‘ड्रलिङको’ काम अर्काे टोलीले गर्ने डा.त्रिपाठीले बताए । ‘ ड्रिलिङ्को काम आउँदो बर्षको भाद्र महिना देखि शुरु हुने छ’, त्रिपाठीले बताए ।

विभिन्न चरणको काममध्ये अन्वेषणको काम सकियो अव ‘पेट्रोलियम भए नभएको ‘ड्रिलिङ्को’ काम हो । त्यो काम सम्पन्न पछि पेट्रोलको ‘भण्डार’ छ भनेर पुष्टि गर्ने डा.त्रिपाठीले बताए । पहिलो चरणमा टोलिले जिल्लाका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा बिन्द्रासैनी नगरपालिकाका विभिन्न भागमा आधार बनाई ‘अन्वेषण’को काम सम्पन्न गरेको हो । अन्वेषण जिल्लाका नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार बनाई थालिए थियो ।

The post दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न appeared first on Rajdhani Daily News.

५ जुलाईमा दम्माम बाट नेपाल एअरलाइन्स उड्ने बारे अत्यन्त जरुरी सुचना, नेमलिस्ट पनि आयो

Previous articleपेट्रोलियम पदार्थ अन्वेषणकाे पहिलो चरणको काम सकियाे, चीन लगेर डाटा अध्ययन हुने
Next articleमन्दिर निर्माण समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।